गभर्नर सिफारिस समितिबाट तीन नाम सिफारिस, विश्व पौडेल पहिलो नम्बरमा

वि.सं.२०८२ जेठ ६ मंगलवार १७:४४
1.22K
shares
shares

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार सम्पन्न बैठकपछि समितिले औपचारिक रूपमा ती नामहरु सरकारलाई पेश गरेको छ।
सिफारिस सूचीमा पहिलो नम्बरमा डा. विश्व पौडेलको नाम परेको छ। सोही नामको आधारमा विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक केहीबेरमा बालुवाटारमा बस्दै छ ।