मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु

वि.सं.२०८२ जेठ ६ मंगलवार १८:३३
shares

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केहीबेर अघि सुरु भएको बैठकमा राष्ट्र बैंकका अठारौं गभर्नर नियुक्त गर्ने प्रमुख एजेन्डा रहेको छ।
गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पेश गरेको छ। सिफारिस समितिले डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईलाई गभर्नर पदका लागि सिफारिस गरेको हो।
डा. पौडेलको नाम सिफारिस सूचीको पहिलो नम्बरमा रहेको छ र उनको नियुक्तिमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भइसकेको छ।