Dhulikhel Eco Banner new
HRM

सम्पदा लघुवित्तका डिसीईओ न्यौपानेलाई किन गरियो निलम्बन ?

1.18K
shares

काठमाडौं, २२ जेठ । सम्पदा लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेलाई संस्थाको सञ्चालक समितिले निलम्बन गर्यो । निलम्बन गरिएको सूचना एक कान दुई काम मैदान भने जसरी तनहुँको डुब्रेबाट काठमाडौंका गल्लीगल्लीसम्म फैलियो ।

दुई संस्था मर्जर हुनु अघि रहेको साधना लघुवित्त वित्तीय संस्थाको सीईओ नै रहेका न्यौपानेलाई निलम्बन नै गर्नु पर्ने अवस्था चाहिँ कसरी आयो त ? यसबारे औपचारिक रुपमा मुख खोल्न संस्था तयार नहुँदै उनको निलम्बन फुकुवा गरिएको छ ।

संस्थाका एक सञ्चालकले बताए अनुसार उनी आर्थिक अपचलन जस्तो गम्भीर आरोपमा समेत मुछिएका थिए । उनको निलम्बन फुकुवा चाहिँ कसरी भयो भन्ने विषयमा भने अहिलेसम्म केही औपचारिक जानकारी संस्थाले गराएको छैन ।

संस्थाको सूचना दिने जिम्बेवारी पाएका पवनकुमार श्रेष्ठ यस विषयमा कुरा गर्न खोज्दा सम्पर्कमै आउन चाहेनन् । उता निलम्बनमा परेर फुकुवा समेत भइसकेका न्यौपानेले त केटिएम भ्वाइससँग बोल्नै नचाहने बताएका छन् । ‘तपाईहरु समाचार लेख्नु हुदो रहेछ, तपाईहरुसँग म कुरै गर्दिन’ केटिएम भ्वाइससँगको टेलिफोनमा संवादमा उनले भनेका छन् ।