Dhulikhel Eco Banner new
HRM

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश 

871
shares

काठमाडौं, २ असार ।  उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

तर आफूलाई गैरकानूनी रूपमा पक्राउ गर्न खोजिएको दाबी गर्दै पाठक उच्च अदालत पुगेका थिए।

पाठकले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उनलाई तत्कालका लागि पक्राउ नगर्न सरकार पक्षलाई आदेश दिएको हो।

अदालतले प्रारम्भिक रुपमा निवेदनमा उठाइएका विषयहरूमाथि थप अध्ययन आवश्यक रहेको भन्दै अन्तरिम आदेश जारी गरेको छ।