Dhulikhel Eco Banner new
HRM

ग्राहक ठगीमा बैंकलाई तुरुन्त कारबाही हुन्छ: गभर्नर पौडेल

1.29K
shares

काठमाडौं, २ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई ठगी गरेमा तत्काल कडा कारबाही हुने चेतावनी दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूसँग जनकपुरधाममा आयोजित छलफलमा उनले यस्तो चेतावनी दिएका हुन्।

उनले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न वाहानामा ठगी गरेको पाइए सो बैंकलाई तुरुन्त कारवाही गर्ने चेतावनी दिएका हुन् ।

धनुषाका व्यापारीहरुले विगतमा बैंकहरुले धित्तो राखि ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिती उत्पन्न गरी धित्तो निलाम गरेको गुनासो गरेका थिए ।

छलफलमा धनुषाका व्यवसायीहरुले कम रकमको ऋण लिन आउने साना व्यवपारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो समेत राखेका थिए ।

गभर्नर डा.पौडेलले गम्भीरता जनाउँदै बैंकहरुलाई जोसुकै ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न निर्देशन दिए । उनले बैंकहरुलाई ऋण लिन आउने जोसुकैसँग राम्ररी व्यवहार गर्न र ग्रामीण भेगका किसान र अशिक्षित ग्राहकहरुका लागि विशेष दोभाषे बैंकमा व्यवस्था गर्न निर्देशन दिए ।