कोरोना बीमाको भुक्तानी सरकारको जिम्मेवारी हो : बीमा प्राधिकरण अध्यक्ष ओझा

वि.सं.२०८२ असार २६ बिहीवार १४:१८
shares

काठमाडौं, २६ असार । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोरोना बीमा दाबीको भुक्तानी सरकारको नीतिगत निर्णयमा निर्भर रहेको स्पष्ट गरेका छन्। उनका अनुसार बीमा कम्पनीहरूले आफ्नो दायित्व पूरा गरिसकेका छन् र अब बाँकी रकम भुक्तानी गर्नु सरकारको जिम्मेवारी बताएका छन्।
एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले प्राधिकरणको सीमित भूमिका रहेको भन्दै कोरोना बीमा सम्बन्धी बाँकी दाबी भुक्तानीमा हस्तक्षेप गर्न नसकिने बताए। “कोरोना बीमा कुन सन्दर्भमा, कसरी, के भएको थियो, तपाईंहरू आफै जानकार हुनुहुन्छ,” उनले भने, “अब यसमा नेपाल सरकारले गर्ने निर्णयअनुसार मात्रै आवश्यक व्यवस्था हुनेछ।”
प्राधिकरणले प्रारम्भमा बीमा कम्पनीहरूलाई निश्चित दाबी रकम भुक्तानी गराउन निर्देशन दिए पनि अहिले बाँकी दाबी रकम भुक्तानीमा पूर्ण रूपमा सरकारको नीतिगत हस्तक्षेप आवश्यक रहेको उनको भनाइ छ।
बीमा कम्पनीहरूको जोखिमबारे विश्लेषण गर्ने विज्ञहरूले यस्ता घटनाहरूले समग्र बीमा क्षेत्रको विश्वसनीयतामा ह्रास आउने बताँउछन् ।