बैंक तथा वित्तीय संस्थाको पुँजीकोष बढाउने
वि.सं.२०८२ असार २७ शुक्रवार १४:३९
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष सुदृढ बनाउन आवश्यक सहकार्य गर्ने भएको छ ।
शुक्रवार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पुँजी आधार मजबुत पार्न विभिन्न नीतिगत सहयोग उपलब्ध गराउने बताएको हो।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै पुँजीकोषको मजबूतीले वित्तीय प्रणालीमा दीर्घकालीन स्थायित्व ल्याउने उल्लेख गरे।













