Dhulikhel Eco Banner new

मौद्रिक नीति सकारात्मक र लचिलो छ : अध्यक्ष कोइराला

1.65K
shares

काठमाडौं, २७ असार । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक र लचिलो रहेको बताएका छन्।

उनले मौद्रिक नीतिले भविष्यमा अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास रहेको बताए । उनले भने, मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा सुमधुर विस्तार हुँदै जान्छ।

कोइरालाले नेपाल बैंकर्स संघ र बैंकर्स एसोसिएसन मौद्रिक नीतिसँग सन्तुष्ट रहेको उल्लेख गर्दै यस नीतिमा संघले दिएको सुझावसहितको मौद्रिक नीति जारी गरेको समेत बताए।