अर्थमन्त्रालयको सह सचिव पोखरेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी

वि.सं.२०८२ असार ३१ मंगलवार ०७:४२
910
shares
shares

काठमाडौं, ३१ असार । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकेको हो।
अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि रिक्त रहेको पदमा सहसचिव पोखरेलले जिम्मेवारी पाएका हुन्। आफैले नियुक्त गरेका अध्यक्ष ओझालाई अहिले छानवीन गर्न आयोग नै गठन गरेको छ ।
सेवन्तक पोखरेल अर्थ मन्त्रालयमा लामो समयदेखि कार्यरत रही विभिन्न आर्थिक नीतिगत विषयमा अनुभव हासिल गरेका अधिकारी हुन्।