Dhulikhel Eco Banner new
HRM

‘स्वास्थ्यका कारण समय दिन सकिनँ, बाहिर आएका हल्लामात्रै हुन्’

राधा पोख्रेल भन्छिन्– समय दिन नसकेपछि किन ठाउँ ओगट्नु !

2.33K
shares

काठमाडौं, ७ साउन । नेपाल बीमा प्राधिकरणकी सञ्चालक समितिबाट महिला सदस्य राधा पोखरेलले राजीनामा दिएकी छिन् ।

उनले गत साता नै राजीनामा दिएकी हुन् । प्राधिकरणबाट उनको राजीनामा स्वीकृत भइसकेको छ ।

उनले केही दिनदेखि स्वास्थ्यमा समस्याको कारण बोर्डको बैठकमा पनि सहभागी हुन नसकेको कारण पद मात्रै ओगटेर बस्न उचित नभएको भन्दै राजीनामा दिएको बताएकी छिन् ।

‘केहि समयदेखि मेरो स्वास्थ्यमा समस्या आइरहेको छ, जसका कारण प्राधिकरणमा समय समेत दिन सकिरहेकी छैन’ उनले भनिन्, ‘समय दिन नसके पछि किन ठाउँ ओगट्नु भनेर राजीनामा दिएकी हुँ ।’

बाहिर आएका हल्लाहरु भने केवल हल्ला रहेको उनले बताइन् ।