सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

वि.सं.२०८२ साउन ८ बिहीवार १५:०५
shares

काठमाडौं, ८ साउन । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.७६ अंकले बढेर २,९८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १८ अर्ब ४९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा ग्रिन भेन्चर्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएको हो ।
त्यस्तै, ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.२२ प्रतिशतका दरले गुमाएका छन् ।