एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

वि.सं.२०८२ साउन १४ बुधवार १२:२८
shares

काठमाडौं, १४ साउन । एनसेल आजियाटाले व्यवसायिक ग्राहकहरूलाई लक्षित गर्दै ‘बिज सधैं अन’ अन्तर्गत मनसुन बिजनेस अफर ल्याएको छ । उक्त अफरमा पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूले न्यूनतम १० महिनाको शुल्कमा १२ महिनासम्म सेवा प्राप्त गर्न सक्ने भएको हो ।
उक्त अफर अन्तर्गत ग्राहकहरूले ‘बिज सधैं अन ३९९’ वा ‘बिज सधैं अन ६४९’ योजनामा सदस्यता लिएर दुई महिनाको सेवा निःशुल्क पाउनेछन्। ‘बिज सधैं अन ३९९’ योजनामा हरेक महिना १० जीबी डेटा, ४०० मिनेट टक टाइम र ४०० एसएमएस उपलब्ध हुनेछन् भने ‘बिज सधैं अन ६४९’ मा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस प्राप्त हुनेछ।
यस अफरमा बन्डल योजना पनि उपलब्ध गराइएको छ जसमा तीनवटा मोबाइल नम्बरका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले ६ महिनाको सेवा निःशुल्क पाउनेछ भने पाँचवटा नम्बरमा दुईवटा नम्बरले यस्तै सुविधा पाउनेछन्। एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले व्यवसायलाई डिजिटल रूपमा सशक्त बनाउने उद्देश्यले यो अफर ल्याइएको बताएका छन्।
साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा पनि सीमित अवधिका लागि विशेष छुट उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमार्फत कलब्याकको अनुरोध गर्न सक्नेछन्। मासिक योजना प्रयोग गरिरहेका ग्राहकहरूले वार्षिक सदस्यतामा अपग्रेड गरेर यो अफरको फाइदा लिन सक्नेछन् र साथै लायन्सगेट प्ले तथा मेरो लगानी एपमा समेत पहुँच प्राप्त गर्न सक्नेछन्।