Dhulikhel Eco Banner new
HRM

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको आवेदन

468
shares

काठमाडौं, २१ भदौ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालय अन्तर्गतको सिफारिस समितिले मिति २०८२ भदौ १३ गते आवेदन आह्वान गरेपछि ७ दिनको समयसीमा भित्र उक्त संख्यामा उम्मेदवारहरूले आवेदन दिएका हुन्।

सार्वजनिक सूचनाका अनुसार अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारहरूः विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, र महेश्वर न्यौपाने रहेका छन् ।

सिफारिस समितिले प्राप्त सबै आवेदकहरूको योग्यता, अनुभव र कार्यक्षमता मूल्यांकन गरी उपयुक्त व्यक्तिको सिफारिस गर्नेछ। बीमा प्राधिकरणको अध्यक्ष पद अर्थतन्त्रमा महत्वपूर्ण भूमिका रहने संवैधानिक निकायको नेतृत्व हो ।