Dhulikhel Eco Banner new
HRM

जेनजी प्रदर्शनबाट भएको क्षतिको दाबी छिटो फछ्यौट गर्न बीमा प्राधिकरणको आग्रह

533
shares

काठमाडौं, २६ भदौ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको बिमा दाबी सहज र छिटो रूपमा फछ्यौट गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले भदौ २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति भएको जनाउँदै बिमितको धनसम्पत्तिमा परेको असरलाई समयमै सम्बोधन गर्न अनुरोध गरेको हो।

प्राधिकरणले बीमा कम्पनीहरूलाई दाबी प्रक्रिया सहज बनाउन निर्देशन दिँदै, सम्बन्धित दाबीको विवरण प्रत्येक हप्ताको बुधबार पेश गर्न पनि आग्रह गरेको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा सरकारी तथा निजी भवन, व्यवसायिक सम्पत्ति, तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको थियो।

बीमा प्राधिकरणको यो कदमले प्रभावित बिमितहरूलाई राहत दिन सक्ने अपेक्षा गरिएको छ।