Dhulikhel Eco Banner new
HRM

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

559
shares

काठमाडौं, २७ भदौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रवारदेखि अवितरित हकप्रद शेयर लिलामीमा ल्याएको छ। कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको हिस्सालाई लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो।

लिलामीमा संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फ ४ हजार ४६८.७६ कित्ता अवितरित शेयर रहेका छन्। इच्छुक लगानीकर्ताले असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

कम्पनीले शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। सोभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने व्यवस्था छ।

नेपाल इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाट, साथै चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखाबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन्।

कम्पनीले लगानीकर्ताहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन अनुरोध गरेको छ।