जेनजी आन्दोलनमा ज्यान गुमाउनेको शव घरमै पुर्याइने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८२ भदौ २७ शुक्रवार १५:१२
shares

काठमाडौं, २७ भदौ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव काठमाडौं महानगरपालिकाले आफन्तको घरसम्म पुर्याइदिने भएको छ। भदौ २३ र २४ गते आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको शव व्यवस्थापन गर्न र घरसम्म पुर्याउन महानगरले शव वाहनको व्यवस्था गरेको हो।
महानगरपालिकाले मृतकका परिवारजनलाई काठमाडौं आउनका लागि यातायात सुविधा र बसोबासको व्यवस्था पनि मिलाएको छ। आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचार र उपचारपछि घर फर्कन आवश्यक सहजीकरण गर्न विशेष टिम पनि परिचालन गरिएको छ।
महानगरले आन्दोलनका क्रममा घाइते हुने र ज्यान गुमाउने व्यक्तिका आफन्तलाई सम्पर्क गर्न अनुरोध गरेको छ। यसका लागि महानगरका सहायक व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।