Dhulikhel Eco Banner new
HRM

बैंक र निजी क्षेत्रसँग राष्ट्र बैंकको छुट्टाछुट्टै बैठक सम्पन्न

390
shares

काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पछिल्लो आन्दोलन र अस्थिर अवस्थाले अर्थतन्त्रमा पारेको असरबारे छलफल गर्न बैंक तथा वित्तीय संस्थासम्बद्ध संघका प्रतिनिधिहरू र उद्योगी व्यवसायीहरूसँग छुट्टाछुट्टै बैठक गरेका छन् ।

छलफलमा बैंकिङ प्रणालीमा पर्न सक्ने जोखिम, तरलता व्यवस्थापन, लगानी वातावरण र निजी क्षेत्रका समस्याबारे विचारविमर्श भएको जनाइएको छ।

गभर्नर पौडेलले राष्ट्र बैंक आवश्यक नीतिगत उपाय ल्याउन तयार रहेको संकेत गरेका छन् भने निजी क्षेत्रका प्रतिनिधिहरूले यथाशीघ्र सहजीकरणको माग गरेका छन्।