Dhulikhel Eco Banner new
HRM

भाटभटेनी घटनामा संलग्न शिक्षक विद्यालयबाट हटाइए

13
shares

काठमाडौं, २८ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्लालाई जिम्मेवारीबाट हटाइएको छ।

विद्यालय प्रशासनका अनुसार २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केट बुटवलमा भएको अनियमिततामा शिक्षक शुक्लाको संलग्नता देखिएको आधारमा उनलाई कारबाही गरिएको हो।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार एक सूचना जारी गर्दै शिक्षक शुक्लालाई विद्यालयको आचरण संहिता र नियम विपरीत गतिविधिमा संलग्न देखिएकाले तत्काल प्रभावबाट हटाइएको जानकारी दिएका छन्।

सूचनामा भनिएको छ, ‘शिक्षक शिवशंकर शुक्ला जेनजीको प्रदर्शनमा सहभागि भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा भएको अनियमिततामा संलग्न देखिएको हुँदा निजलाई आजैदेखि जिम्मेवारीबाट हटाइएको छ।’

२४ भदौको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको थियो। देशका विभिन्न स्थानहरूमा अवस्थित भाटभटेनी सुपरमार्केटहरूमा पनि आगजनी र क्षति पुगेको थियो।