Dhulikhel Eco Banner new
HRM

भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको आग्रह

260
shares

काठमाडौं, २९ भदौ । नेपाल बीमा प्राधिकरणले आइतबारदेखि सबै बीमा कम्पनीहरूलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।

सुरक्षा निकायले कर्फ्यु र निषेधाज्ञा खुकुलो पारेको अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले सम्पूर्ण बीमा कम्पनीहरू तथा तिनका शाखा कार्यालयहरूलाई पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।

प्राधिकरणले एक सूचना जारी गर्दै बीमा कम्पनीका कर्मचारीहरूलाई भौतिक रूपमा कार्यालयमा उपस्थित भई नियमित कार्य सञ्चालन गर्न अनुरोध गरेको छ।

यसअघि भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी सहज बनाउन निर्देशन दिइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बीमा सेवाको पहुँच र उपलब्धता सुनिश्चित गर्न सबै कम्पनीहरूलाई सक्रिय रहन र सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न पनि आग्रह गरेको छ।