Dhulikhel Eco Banner new
HRM

लगातार बढिरहेको सुनको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

364
shares

काठमाडौं, २९ भदौ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार प्रतितोला २ लाख १५ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आइतवार ७ सयले घटेर प्रतितोला २ लाख १५ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, आइवार चाँदीको मुल्य पनी ५ रुपैयाँले बढेको छ । शुक्रवार २ हजार ५६५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतवार बढेर २ हजार ५ सय ७० रुपैयाँ कायम भएको छ ।