Dhulikhel Eco Banner new
HRM

महालक्ष्मी विकास बैंकद्वारा पीडितप्रति समवेदना

156
shares

काठमाडौं, २९ भदौ । हालै देशमा घटेका विभिन्न दुःखद घटनाहरूले पुर्याएको जनधन र सम्पत्ति क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो दुःख व्यक्त गरेको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै यस विषम परिस्थितिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।

विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको छ। साथै, सार्वजनिक, सरकारी र निजी सम्पत्तिहरूमा भएको क्षतिप्रति पनि बैंकले गहिरो संवेदना जनाएको छ।

यसैबीच, बैंकले सरकार गठनको प्रक्रिया चाँडै टुंगिएर देशमा शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूति हुने विश्वास व्यक्त गरेको छ।

विपद्को असर बैंकको लेकसाइड, पोखरा शाखामा समेत परेको छ। विज्ञप्तिअनुसार उक्त शाखाको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। त्यहाँका बैंकिङ सेवाहरू नजिकका शाखाहरूबाट प्रदान गरिने जानकारी दिइएको छ।

लेकसाइड शाखा बाहेक बैंकका अन्य १०२ शाखाहरू भने पूर्ण रूपमा सेवा सञ्चालनमा आइसकेका छन्। साथै, बैंकले प्रदान गर्ने सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रूपमा सञ्चालनमा रहेको जनाएको छ।