मध्यराति बालुवाटारमा सुदन गुरुङ समूहको नाराबाजी, प्रधानमन्त्रीको राजीनामा माग

वि.सं.२०८२ भदौ ३० सोमवार १०:०१
shares

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्री चयनप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको ुहामी नेपालु समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री कार्कीले आफूखुसी तीन मन्त्री नियुक्त गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। प्रदर्शनका क्रममा ुप्रधानमन्त्री राजीनामा दे, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नाराहरू गुञ्जिएका थिए।
प्रदर्शनमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारका सदस्यसमेत सहभागी थिए। उनीहरूले सुदन गुरुङको उपस्थितिमा सरकारमाथि गम्भीर आरोप लगाउँदै जनभावनाको अपमान नगर्न चेतावनी दिएका छन्।
प्रधानमन्त्री निवास अगाडि आयोजित प्रदर्शनमा बोल्दै सुदन गुरुङले भने, ‘सबसे पावरफुल नेपाली जनता हो। कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु।’
गत शुक्रबार ‘हामी नेपाल’ समूहको सिफारिसमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले आइतबार तीन मन्त्रीको नाम सार्वजनिक गरेकी थिइन्। यद्यपि ती मन्त्री छनोटमा युवाहरुको परामर्श नलिएको भन्दै ‘हामी नेपाल’ समूहले ती नियुक्ति अस्वीकार्य भएको बताएका छन्।