Dhulikhel Eco Banner new
HRM

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

377
shares

काठमाडौं, ३० भदौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

यो शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत भदौ ८ गते कम्पनीका विद्यामान संस्थापक शेयरधनीहरुका लागि १५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको दर र शेयर संख्या खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको टंगालमा रहेको प्रधन कार्यालयमा आवेदन दिनुपर्नेछ।