अर्थमन्त्री खनालको प्रतिबद्धताः निजी क्षेत्रको मनोबल घट्न दिने छैन

वि.सं.२०८२ भदौ ३० सोमवार १४:३२
shares

काठमाडौं, ३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रप्रति सकारात्मक सन्देश दिँदै मनोबल घट्न नदिने स्पष्ट पार गरेका छन्। सोमबार पदभार ग्रहण गर्दै उनले निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
खनालले हिजोको तुलनामा स्पष्ट परिवर्तन देखिने गरी काम गर्ने बताएका छन्। ‘निजी क्षेत्रसँग नियमित संवाद र अन्तर्क्रियामार्फत सुधार गरिन्छ,’ उनले भने।
राजस्व संकलनलाई पनि प्राथमिकता दिने बताउँदै उनले राजस्वमा कुनै किसिमको कमी आउन नदिने प्रतिबद्धता जनाए।
व्यक्तिगत स्वार्थका लागि आफूसँग घरमा भेट्न नआउन आग्रह गर्दै उनले पारदर्शिता र निष्ठाका साथ काम गर्ने संकेत दिएका छन्। ‘म आफैं गाडी चलाएर राष्ट्रपति भवन गएको व्यक्ति हुँ, चालकबाहेक कुनै सरकारी सुविधा लिँदिन मन्त्री खनालले स्पष्ट पारे।