Dhulikhel Eco Banner new
HRM

साम्पाङले जति गाली गरे पनि माया गर्न छाड्दिनः मेयर बालेन

91
shares

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरका मेयर बालेन शाहले धरान उपमहानगरका प्रमुख हर्क साम्पाङप्रति आफ्नो माया एकतर्फी भए पनि साँचो रहेको बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्टाटसमार्फत बालेनले साम्पाङलाई खुलेर समर्थन जनाएका हुन्।

साम्पाङले पछिल्ला दिनहरूमा मेयर बालेनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आलोचना गर्दै आएका छन्। यस्तै प्रतिक्रियाका बीच बालेनले आफ्नो स्टाटसमार्फत जवाफ दिएका हुन्। उनले लेखेका छन्, ‘जति गाली गरे पनि म उहाँलाई माया गर्न छाड्दिन। यो माया एकतर्फी भए पनि साँचो हो।’

हालै जेनजी आन्दोलनपछि देशको नेतृत्व लिन काठमाडौं आएका साम्पाङ प्रधानमन्त्री बन्ने आकांक्षा बोकेर अगाडि बढे पनि सफल हुन सकेनन्। उनी प्रधानमन्त्री निवास बालुवाटार समेत पुगेका थिए तर न मन्त्री बन्न सके, न प्रधानमन्त्री। त्यसपछि उनी पुनः धरान फर्किएका थिए।