समता घरेलु लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

वि.सं.२०८२ असोज २० सोमवार १३:२०
shares

काठमाडौं, २० असोज । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले ४० हजार ३३२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले यसअघि सोही शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुलाएको थियो। तर तोकिएको अवधिसम्म बिक्री नभएपछि बाँकी शेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो।
सो शेयर किन्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले अबको ७ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।