Dhulikhel Eco Banner new

नेपालको अर्थतन्त्रको आधारमा संकुचन, ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान

5.5K
shares

काठमाडौं, १९ वैशाख । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५३ अर्बको ८१ अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालको अर्थन्त्रको आकार ५३ खर्ब ८१ अर्ब  पुग्ने अनुमान गरिएको हो ।

यो बजार मूल्यमा आधारीत तथ्यांक हो । त्यस्तै उत्पादन मूल्यका आधारमा नेपालको अर्थतन्त्र ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

कार्यालयको प्रक्षपण अनुसार चालू आर्थिक वर्षमो नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सिमित हुने छ । चालु आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्य २.१६ हुने प्रारम्भिक अनुमान रहेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो ।

कार्यालयले अन्तर्राष्ट्रिय बहुपक्षीय दातृ संस्था अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियायी विकास बैंक र विश्व बैंकलेभन्दा कम आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो । त्यस्तै कोषले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने अनुमान गरेको छ ।