Dhulikhel Eco Banner new

राष्ट्र बैंकले लिएको नीतिले बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ :  गभर्नर

1.29K
shares

काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आयोजित कार्यक्रममा बोल्दै अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको भन्दै भने राज्यले समेत सकारात्मक पहल गरिरहेको उनले बताएका हुन् । राष्ट्र बैंकले लिएको नीतिले बजारमा सकारात्मक प्रभाव देखिन थालेको समेत बताए ।

यो वर्ष लचिलो मौद्रिक नीति आएको भन्दै यो निजी क्षेत्रको मनोबल उठाउन महत्त्वपूर्ण हुने उनले बताएका छन् ।