Dhulikhel Eco Banner new

भगौडा कार्यकर्ता थापाले पाए उदयपुर–१ मा एमालेको टिकट

15K
shares

काठमाडौं, ४ माघ । नेकपा एमालेले उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. १ मा दुर्गाकुमार थापा स्वस्तिकलाई उम्मेदवार बनाउने भएको छ । एमालेको शनिबार अवेरसम्म बसेको सचिवालय बैठकले उदयपुर क्षेत्र नं. १ बाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जेनजी आन्दोलन पछि थापाले एमाले छाडेको घोषणा गरेका थिए ।

अमेरिका बस्दै आएका थापाका छोराले एमाले नछाडे बाउँलाई बाउँ नै नभन्ने आशयको अभिव्यक्ति समेत सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । अमेरिकाबाट छोराको अभिव्यक्ति र स्वस्तिक थापा आफैले एमाले छाड्ने घोषणा गरेर पछि फिर्ता लिएका कारण उनलाई भगौडा कार्यकर्ता भनेर एमाले वृतमा चर्चा गर्ने गरिएको छ ।

उदयपुर कुनै बेला एमालेको लालकिल्ला जस्तै थियो । पहिलो संविधान सभा सदस्य निर्वाचनमा एमाले नेता अशोक राईलाई कांग्रेस नेता डा. नारायण खड्काले पराजित गरे । त्यसयता भने खड्काले लगातार चुनाव जित्दै आएका थिए । यद्यपि, देउवा कांग्रेसका नेता खड्काले चुनाव नलड्ने घोषणा गरेका छन् ।

उता थापा भने जिल्लाको सबैभन्दा कान्छो नगरपालिका बेलका नगरपालिकाका पूर्व मेयर समेत हुन् । पहिलो कार्यकाल शानदार रुपमा पूरा गरेका थापा दोस्रो पटक उठ्दा भने कांग्रेसका अशोक कार्कीसँग पछारिएका थिए ।