Dhulikhel Eco Banner new

शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.64K
shares

काठमाडौं, ६ माघ । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४२.२७ अंकले बढेर २७१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ८५ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा १०.७५ प्रतिशत एसबिएल ऋणपत्र २०८९का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी १०५ प्राइम डिबेन्चर २०८८ लिमिटेडका लगानीकर्ताले ३.७९ प्रतिशतका दरले गुमाएका छन् भने सुपर माडी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.४३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताले २.८२ प्रतिशतका दरले गुमाएका छन् भने सिद्धार्थ इक्विटी कोषका लगानीकर्ताले २.५३ प्रतिशतका दरले गुमाएका छन् ।