Dhulikhel Eco Banner new

‘अधिकांश लघुवित्त संस्थाहरू अहिले ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने अभियानमा केन्द्रित छन् ’

2.13K
shares

काठमाडौं, १७ पुस । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कृष्ण उप्रेतीले लघुवित्तहरूको अवस्था पछिल्लो एक वर्षदेखि सामान्य र स्थिर अवस्थामा रहेको बताएका छन् । केटिएम भ्वाइसले सुरु गरेको ‘लघुवित्त फोकस’ सिरिजमा कुरा गर्दै सीईओ उप्रेतीले यस्तो बताएका हुन् ।

लघुवित्त क्षेत्रको समग्र अवस्थाबारे प्रतिक्रिया दिँदै सिइओ उप्रेतीले लघुवित्तको अवस्था न धेरै बिग्रिएको छ, न त उल्लेखनीय रूपमा सुधार नै भएको बताए । करिब एक वर्षदेखि क्षेत्र स्थिर अवस्थामा नै चलिरहेको छ।

रिकभरी (कर्जा असुली) को अवस्थाबारे उनले ठूलो सुधार नभएको बताए। संस्थाको सन्दर्भमा हेर्दा पुराना समस्याहरू जस्ताको तस्तै छन्। अलि–अलि दुई–चारवटा कर्जा रिकभरी हुने संकेत देखिए पनि समग्रमा सुधार आएको भन्न सकिने अवस्था छैन, उनले बताए।

पछिल्लो समय अन्य वित्तीय संस्थामा देखिएका विवाद वा आन्दोलनजस्ता घटना लघुवित्त क्षेत्रमा दोहोरिएको छैनन्। हालसालै ज्योती विकास बैंकको जस्तो घटना लघुवित्त क्षेत्रमा देखिएको छैन। विगतमा केही समय धम्की र दबाबका अवस्था आएका थिए, तर अहिले त्यस्तो नभएको उप्रेतीले बताए।

उनका अनुसार अधिकांश लघुवित्त संस्थाहरू अहिले ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने अभियानमा केन्द्रित छन्। सबै संस्थाहरूले ग्राहकसँग कसरी सुमधुर सम्बन्ध बनाउने भन्नेमा विशेष ध्यान दिएका छन्। हाम्रो संस्थामा पनि त्यही फोकस छ, उनले भने। गम्भीर प्रकृतिका आन्दोलनमा संलग्न हुनसक्ने समूहसँग संयमित ढंगले काम गर्न कर्मचारीहरूलाई निर्देशन दिइएको उनले बताए।

स्वरोजगार लघुवित्तको अवस्थाबारे सिइओ उप्रेतीले संस्था पनि स्थिर अवस्थामा रहेको बताए। पहिलाका धेरै कर्जाहरू अझै उठ्न सकेका छैनन्, तर पछिल्ला दिनमा लगानी भएका कर्जामा भने रिकभरी राम्रो भएको उनले बताए । कर्जाको सदुपयोगबारे सदस्य दिदी–बहिनीहरू लाई निरन्तर सम्झाइँदै र उत्प्रेरित गरिँदै आएको कारण नयाँ कर्जामा समस्या कम देखिएको उनको भनाइ छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास (फस्ट क्वाटर) नाफाको हिसाबले सकारात्मक रहेको पनि उनले बताए। पहिले प्रोभिजन खर्च धेरै बढिरहेको थियो, अहिले त्यति बढेको छैन। त्यसले दबाब कम गरेको छ उनले भने। साथै, ब्याजदर घट्नु र बैंकहरूको ब्याजदर पनि कम हुनु लघुवित्त संस्थाका लागि सहयोगी बनेको उनले उल्लेख गरे। यी सबै कारणले गर्दा पहिलो त्रैमासको नाफा सन्तोष जनक नै भएको उप्रेतीले निष्कर्ष निकालेका छन्।

सम्पादकीय नोटः लघुवित्तबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘लघुवित्त फोकस’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै लघुवित्तका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने लघुवित्त क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ । 

Follow Up

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘कर्जाको माग न्यून हुँदा राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्नुपरेको अवस्था छ’

‘कर्जाको माग न्यून हुँदा राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्नुपरेको अवस्था छ’

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

‘लघुवित्तमा सुधारको संकेत देखिएको छ, चुनौती भनेको एनपीएल नै हो’

‘लघुवित्तमा सुधारको संकेत देखिएको छ, चुनौती भनेको एनपीएल नै हो’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’