Dhulikhel Eco Banner new

‘लघुवित्त क्षेत्रमा लगानी र असुली दुवै चुनौतीपूर्ण अवस्थामा रहेको छ’

2.54K
shares

काठमाडौं, ६ माघ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीर्घ बहादुर अर्यालले लघुवित्त क्षेत्रमा लगानी र असुली दुवै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । केटिएम भ्वाइसले सुरु गरेको ‘लघुवित्त फोकस’ सिरिजमा कुरा गर्दै सीईओ अर्यालले यस्तो बताएका हुन् ।

पछिल्लो समय विभिन्न स्थानमा देखिएका सामाजिक र प्रशासनिक अवरोधका कारण असुली प्रक्रियामा समस्या आएको उनको भनाइ छ । सीईओ अर्यालका अनुसार लघुवित्त संस्थाहरूले नियमित रूपमा कार्यक्रम सञ्चालन गरिरहेका भए पनि नयाँ लगानी अपेक्षित रूपमा हुन सकेको छैन । “लगानी भएका ऋणहरूको असुली पनि सन्तोषजनक छैन,” उनले भने, “ठाउँ–ठाउँमा देखिएका घटनाक्रमले वित्तीय संस्थाहरूलाई असुली प्रक्रियामा कठिनाइ सिर्जना गरेको छ ।”

रिकभरीको अवस्था खासै सुधारिएको जस्तो नदेखिए पनि पछिल्लो चरणमा विभिन्न अभियानहरू सञ्चालन भइरहेका अर्यालले बताए । असुली नगरेका ऋणीलाई कालोसूचीमा राख्न वा पत्रपत्रिकामा सूचना प्रकाशन गर्नसमेत समस्या देखिएको उनको भनाइ छ । यद्यपि, जहाँ यस्ता अवरोधहरू छैनन्, ती स्थानमा असुली अवस्था राम्रो रहेको उनले बताए ।

 बैंकसँग सम्बन्धित घटनाजस्तो अवस्था नाडेप लघुवित्तमा नरहेको सीईओ अर्यालले बताए । लघुवित्त संघसंस्थाबाट प्राप्त जानकारीअनुसार नाडेपमा कुनै गम्भीर घटना नभएको उनले बताए। “हामीले कर्मचारीलाई संयमित र नरम व्यवहार अपनाउन निर्देशन दिएका छौँ,” उनले भने, “समस्यामा परेका ऋणीहरूको पहिचान गरी उनीहरूसँग सकारात्मक व्यवहार गर्ने, कार्यक्रमहरु पनि गरिरहेका छौँ ।”

संस्थाको समग्र अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै अर्यालले गत वर्षको तुलनामा नाडेपको प्रगति वृद्धि हुँदै गएको जानकारी दिए । असुली सुधारका लागि विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्नुका साथै बीउ–बिजन वितरण, समूह तथा सदस्यसँग प्रत्यक्ष छलफल, र वित्तीय साक्षरतामा जोड दिइएको उनले बताए ।

उनका अनुसार हालसम्म करिब १५ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भइसकेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (फस्ट क्वाटर) पनि उत्साहजनक रहेको बताउँदै उनले असोजसम्मको तुलनामा पुससम्मको प्रगति राम्रो भएको बताएका छन् ।

सम्पादकीय नोटः लघुवित्तबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘लघुवित्त फोकस’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै लघुवित्तका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने लघुवित्त क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ ।

Follow Up

‘लघुवित्तको बारेमा राजनीतिज्ञलाई बुझाउनुपर्ने भएको छ’

‘लघुवित्तको बारेमा राजनीतिज्ञलाई बुझाउनुपर्ने भएको छ’

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘कर्जाको माग न्यून हुँदा राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्नुपरेको अवस्था छ’

‘कर्जाको माग न्यून हुँदा राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्नुपरेको अवस्था छ’

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

‘अधिकांश लघुवित्त संस्थाहरू अहिले ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने अभियानमा केन्द्रित छन् ’

‘अधिकांश लघुवित्त संस्थाहरू अहिले ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने अभियानमा केन्द्रित छन् ’

‘बाहिरी आर्थिक चुनौतीबीच लघुवित्तमा सुधारका संकेत देखिन थालेको छ’

‘बाहिरी आर्थिक चुनौतीबीच लघुवित्तमा सुधारका संकेत देखिन थालेको छ’

‘ऋण तिर्नैपर्छ नतिर्दा ब्याज मात्रै बढ्छ भन्ने बुझाइ बढ्दै गएको छ’

‘ऋण तिर्नैपर्छ नतिर्दा ब्याज मात्रै बढ्छ भन्ने बुझाइ बढ्दै गएको छ’

‘ऋणीहरुले समयमा भुक्तानी नगर्दा रिकभरी थप चुनौतीपूर्ण बनेको छ’

‘ऋणीहरुले समयमा भुक्तानी नगर्दा रिकभरी थप चुनौतीपूर्ण बनेको छ’

‘ऋण तिर्नुपर्छ भन्ने चेतना समुदायमा विकास हुँदैछ’

‘ऋण तिर्नुपर्छ भन्ने चेतना समुदायमा विकास हुँदैछ’

‘नेपाल राष्ट्र बैंकका नीतिगत व्यवस्था र प्रणालीका कारण वित्तीय क्षेत्रमा केही सुधार देखिन थालेको छ’

‘नेपाल राष्ट्र बैंकका नीतिगत व्यवस्था र प्रणालीका कारण वित्तीय क्षेत्रमा केही सुधार देखिन थालेको छ’

‘ लघुवित्त क्षेत्र समग्रमा चुनौतीबीच पनि क्रमिक सुधारको बाटोमा रहेको छ ’

‘ लघुवित्त क्षेत्र समग्रमा चुनौतीबीच पनि क्रमिक सुधारको बाटोमा रहेको छ ’

‘लघुवित्त क्षेत्र अझै पनि कोभिड–१९ को प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन्’

‘लघुवित्त क्षेत्र अझै पनि कोभिड–१९ को प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन्’

‘ रिकभरीको अवस्था पहिलेको तुलनामा उल्लेखनीय रुपमा सुधार आएको छ ’

‘ रिकभरीको अवस्था पहिलेको तुलनामा उल्लेखनीय रुपमा सुधार आएको छ ’

‘लघुवित्तमा सुधारको संकेत देखिएको छ, चुनौती भनेको एनपीएल नै हो’

‘लघुवित्तमा सुधारको संकेत देखिएको छ, चुनौती भनेको एनपीएल नै हो’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’

‘लघुवित्तहरुको अवस्था जति सहज हुनुपर्ने हो, त्यो अवस्था अझै बनिसकेको छैन’

‘लघुवित्तहरुको अवस्था जति सहज हुनुपर्ने हो, त्यो अवस्था अझै बनिसकेको छैन’

‘लघुवित्तमा अपेक्षा अनुसारको सुधार अझै हुन सकेको छैन’

‘लघुवित्तमा अपेक्षा अनुसारको सुधार अझै हुन सकेको छैन’

‘हाल लघुवित्त क्षेत्रको अवस्था पूर्ण रूपमा सहज नरहे पनि बिस्तारै सुधारको संकेत देखिन थालेको छ’

‘हाल लघुवित्त क्षेत्रको अवस्था पूर्ण रूपमा सहज नरहे पनि बिस्तारै सुधारको संकेत देखिन थालेको छ’