एकैदिन १ हजार ८ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८२ भदौ ११ बुधवार ११:१३
858
shares
shares

काठमाडौं, ११ भदौ । स्थानिय बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १८ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य बुधबार १ हजार ८ सयले बढेर प्रतितोला १ लाख ९९ हजारमा कायम भएको हो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । सोमबार २ हजार ३ सय ५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ।