Dhulikhel Eco Banner new
HRM

दशैँ अघि नै सुनको मूल्य २ लाख नाघ्यो, मंसिरमा कति पुग्ला ?

689
shares

काठमाडौ, १३ भदौ । स्थानिय बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य प्रतितोला १ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार प्रतितोला १ लाख ९९ हजार  ४ सयमा कारोबार भइको सुनको मुल्य शुक्रबार १ हजार २ सयले बढेर प्रतितोला २ लाख ६ सय कायम भएको हो ।

त्यस्तै शुक्रबार चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । बिहीवार २ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य शुक्रबार बढेर २ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।