Dhulikhel Eco Banner new

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ सुरु, आकर्षक छुट र लाइफटाइम निःशुल्क चार्जिङ सुविधा

4.07K
shares

काठमाडौं, ३० पुस । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकका लागि धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ आयोजना गर्न लागेको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित बोराडाडी जिएआरएस ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्।

उत्सवले पुरानो सवारी साधन साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकका लागि विशेष अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। सहभागी ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, लाइफटाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडानसहित) र निःशुल्क एभीटीसहित हरेक बुकिङमा उपहार पाउनेछन्।

कम्पनीले यो अभियान मार्फत ग्राहकलाई आधुनिक प्रविधियुक्त र किफायती सवारी साधन छनोट गर्न सहज बनाउने विश्वास व्यक्त गरेको छ।

ग्राहकहरूले धनगढीको बोराडाडी जिएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न सक्नेछन्।