Dhulikhel Eco Banner new

आजदेखि बैंकमा ५ लाखभन्दा बढी नगद कारोबार नपाइने

8.61K
shares

काठमाडौं, १ माघ । आजदेखि बैंक तथा वित्तीय संस्थामा नगद कारोबारमा नयाँ सीमा लागू भएको छ। नेपाल राष्ट्र बैंकको मंसिर १६ गतेको निर्णयअनुसार अब एउटै व्यक्तिले एक पटकमा ५ लाख रुपैयाँभन्दा बढी नगद कारोबार गर्न सक्ने छैनन्। यसअघि यो सीमा १० लाख रुपैयाँ थियो।

यस नयाँ नियमले नगद कारोबार घटाउने र डिजिटलरअनलाइन कारोबारलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। अब कुनै व्यक्तिले बैंकमा गएर ५ लाखभन्दा बढी नगद निकाल्न, जम्मा गर्न वा सामान किनबेचमा नगदमा सो रकमभन्दा बढी प्रयोग गर्न सक्ने छैनन्।

तर, केही विशेष अवस्था मा यो सीमा लागु हुने छैन। बैंकमा निक्षेप गर्दा वा सावाँ ब्याज तिर्दा जतिसुकै रकम राख्न सकिनेछ। अन्तर बैंक कारोबार, रेमिट्यान्स कम्पनी वा सहकारी संस्थाले कारोबार प्रयोजनका लागि रकम निकाल्न सक्नेछन्।

त्यस्तै, पूर्वाधार, जलविद्युत्, सडक, सञ्चार क्षेत्रका कर्मचारी र श्रमिकको ज्याला भुक्तानी, सरकारी राजस्व, पेन्सन वितरण, राहत तथा अनुदान वितरण, आयोजनामा आवश्यक मालसामानको आपूर्ति लगायतका कार्यमा पनि यो सीमा लागु हुने छैन।

नियम लागू भए पनि एउटै व्यक्तिले ५ लाखभन्दा बढी नगद कारोबार गर्न पाउनेछ, तर रकमको स्रोत र प्रयोजन खुलाउनै पर्नेछ।