Dhulikhel Eco Banner new

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको कामु सीईओमा अर्चना प्रधान नियुक्त

5.82K
shares

काठमाडौं, ४ माघ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन्।

कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार प्रधानलाई कामु सीईओको जिम्मेवारी दिइएको हो। यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोयराज अधिकारीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो।

सीईओ अधिकारीले गत पुस १७ गते आफ्नो पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि कम्पनीको दैनिकी सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी प्रधानलाई सुम्पिएको हो।