Dhulikhel Eco Banner new

सिटिजन्स बैंकले कमायो ३५ करोड ८८ लाख खुद नाफा

4.24K
shares

काठमाडौं, १४ माघ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको ६ महीना अर्थात साउनदेखि पुस मसान्तसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

उक्त विवरण अनुसार बैंकले गत आवको पुस मसान्तसम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यद्यपि त्यसको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा ४५.७८ प्रतिशतले घटेको हो।

गत आवको पुस मसान्तसम्म बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा सामान्य बढेर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कुल सञ्चालन आम्दानी ३ अर्ब ९३ करोड ४५ लाख रुपैयाँबाट बढेर ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा झरेको छ। खराब कर्जा (एनपीएल) भने ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४९.७९ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

गत आवको ६ महीनासम्म बैंकले ९१ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा चालू आवको पुस मसान्तसम्म घटेर ५० करोड ४१ लाख रुपैयाँमा झरेको बैंकको वित्तीय विवरणले देखाएको छ।