Dhulikhel Eco Banner new

नेशलन इन्स्योरेन्सले कमायो ६ करोड १० लाख खुद नाफा

4.06K
shares

काठमाडौं, २९ माघ । नेशलन इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको यसै अवधिमा झण्डै ३७ करोड खुद घाटामा रहेको नाफा कमाएको हो।

त्यस्तै गत आवको पुस मसान्तसम्म २५ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा झण्डै ७ प्रतिशतले घटेर २३ करोड ४८ लाख रुपैयाँमा झरेको वित्तीय विवरणले देखाएको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३९ करोड ३४ लाख रुपैयाँबाट १६.२२ प्रतिशतले घटेर ३२ करोड ९५ लाख रुपैयाँमा झरेको छ भने कुल खर्च ७१ करोड ७५ लाख रुपैयाँबाट ६४.५६ प्रतिशतले घटेर २५ करोड ४३ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ७ करोड १६ लाख रुपैयाँबाट ३४ प्रतिशतले घटेर ४ करोड ७३ लाख रुपैयाँमा झर्दा अभिकर्तालाई दिइने कमिशन बापतको रकम भने ५५ लाख रुपैयाँबाट ३२७.७६ प्रतिशतले बढेर २ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको स्पेशल रिजर्भमा साढे १ अर्ब रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड ४५ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।