दोहोरो अंकले बढ्यो शेयर बजार , कारोबार रकम भने घट्यो
वि.सं.२०८३ असोज ८ बिहीवार १५:११
shares

काठमाडौं, ८ असोज । बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्। यसदिन ५ अर्ब ४४ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा नेपाल ल्युब ओइल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि मिड सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.५८ प्रतिशतका दरले गुमाएका छन् ।
















