Dhulikhel Eco Banner new

८ प्रतिशत ब्याजदरको आइसिएफसि फाइनान्स डिबेञ्चर बिक्री खुला

4.29K
shares

काठमाडौं, ११ फागुन । आइसिएफसी फाइनान्स लिमिटेडले ७ वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९” बिक्री खुला गरेको छ।

कम्पनीले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका दरले कुल ५ लाख कित्ता डिबेञ्चर निष्काशनमा ल्याएको हो। निष्काशनमध्ये ३ लाख कित्ता व्यक्तिगतबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत बिक्री गरिने कम्पनीले जनाएको छ। सार्वजनिक निष्काशनअन्तर्गत १० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। डिबेञ्चरको निष्काशन छिटोमा फागुन १४ गते बन्द हुने तथा मागअनुसार ढिलोमा फागुन २५ गतेसम्म खुला रहने जनाइएको छ।