Dhulikhel Eco Banner new

सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, लक्ष्मी सन्राइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त

3.48K
shares

काठमाडौं, ९ चैत । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौताअनुसार कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि पनि सोही दरमा ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

सम्झौतापत्रमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर लिमिटेडका सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् ।

डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले २०७६ सालदेखि नै व्यावसायिक उत्पादन सुरु गरिसकेको छ ।