Dhulikhel Eco Banner new

ओली–लेखक आज अदालतमा पेश हुँदै

आजदेखि कानुनी प्रक्रिया अघि बढ्ने

3.89K
shares

काठमाडौं । जेन–जी आन्दोलनसँग सम्बन्धित गम्भीर घटनामा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। सार्वजनिक बिदाका कारण शनिबार अदालत बन्द हुँदा उनीहरूलाई पेश गर्न नसकिएको थियो भने आजदेखि कानुनी प्रक्रिया अघि बढ्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

भदौ २३ र २४ गते भएको उक्त आन्दोलन हिंसात्मक बनेपछि ठूलो जनधनको क्षति भएको थियो। घटनामा तीन जना प्रहरीसहित ७६ जनाको ज्यान गएको तथा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी घाइते भएको विवरण सार्वजनिक भइसकेको छ। आन्दोलनका क्रममा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्मका सरकारी संरचनामा आगजनी, तोडफोड र लुटपाट भएका थिए भने निजी सम्पत्तिहरू पनि क्षतिग्रस्त बनेका थिए।