Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्वारा आइतबारका लागि नयाँ विनिमयदर सार्वजनिक

विदेशी मुद्रामा सामान्य उतारचढाव

3.41K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। पछिल्लो दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूमा सामान्य उतारचढाव देखिएको छ भने अमेरिकी डलरको मूल्य उच्च तह नजिकै कायम रहेको छ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा पुगेको छ। स्वीस फ्रयाङ्क पनि मजबुत देखिँदै एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६७ पैसा कायम भएको छ।

अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा रहेको छ भने सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा तोकिएको छ।

एशियाली मुद्रामा पनि स्थिरता देखिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा रहेको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ।

यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ भने युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ रुपैयाँ ८८ पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

युरोपेली क्षेत्रका अन्य मुद्रातर्फ स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ १६ रुपैयाँ ११ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३३ पैसा र बिक्रीदर २३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

मध्यपूर्वका उच्च मूल्यका मुद्राहरूमा कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७१ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ रुपैयाँ ४० पैसा कायम गरिएको छ।