Dhulikhel Eco Banner new

काठमाडौं–दिल्ली हवाई सेवामा विस्तार, थपिए साप्ताहिक तीन उडान

3.9K
shares

काठमाडौं, १७ चैत । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई रुटमा उडान संख्या विस्तार गरेको छ। यात्रुको बढ्दो मागलाई मध्यनजर गर्दै निगमले नयाँ उडान तालिका लागू गरेको हो ।

हालसम्म आरए २१७/२१८ उडानमार्फत दैनिक एक उडान सञ्चालन भइरहेकोमा अब थप उडानसमेत सुरु गरिएको छ। निगमका अनुसार चैत १७ गतेदेखि आरए २०५र२०६ उडानमार्फत हप्तामा तीन दिन अतिरिक्त उडान सञ्चालन हुनेछ।

यस विस्तारसँगै काठमाडौं–दिल्ली–काठमाडौं रुटमा अब हप्तामा कुल १० उडान हुने भएका छन्। निगमले यात्रुहरूको सुविधा र यात्रा सहजता बढाउने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ।

नयाँ व्यवस्थासँगै नेपाल र भारतका राजधानीबीचको हवाई सेवा अझ नियमित, सहज र पहुँचयोग्य हुने अपेक्षा गरिएको छ।