Dhulikhel Eco Banner new

खर्च घटाउने एनआईशी एशियाको निन्जा टेक्निक, ४४ शाखा बन्द हुँदै

3.87K
shares

काठमाडौं, १७ चैत । नयाँ व्यवस्थापन आउदा समेत सुधार हुन नसकेको एनआईशी एशिया बैंकले नाफा कमाउन नकसेपछि खर्च घटाउने अभियानतिर लागेको छ । कमाउन नसके बचाउनु भन्ने पुरानो भनाईलाई चरितार्थ हुने गरी एनआईशी एशियाले खर्च घटाउने अभियानमा जुटेको हो ।

खर्च घटाउने अभियान अन्तर्गत एनआइशी एशियाले पहिलो चरणमा शाखा नै बन्द गर्ने योजना बनाएको छ । बैंकले ४४ वटा शाखा कार्यालयहरु बन्द गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।