Dhulikhel Eco Banner new

शेयर बजारमा टिकेन हरियाली, आज ४६ अंकको गिरावट

5.4K
shares

काठमाडौं, २१ असार । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक ४६ दशमलव ०८ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचक ८ दशमलव २२ प्रतिशतले घटेर २०३० दशमलव ५९ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ७१ अंकले घटेको छ । दिनभर भएका ४९ हजार ४ सय १६ कारोबारबाट २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ पुगेको छ ।