एभरेष्ट कलरको आईपीओमा २७ लाख १८ हजारले दिए आवेदन
वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०४
962
shares
shares

काठमाडौं, २८ जेठ । एभरेष्ट कलर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा २७ लाख १८ हजार ६५३ जनाको आवेदन परेको छ । सिडिएसका अनुसार उक्त आवेदन मागभन्दा साढे ४४ गुणाले बढी छ ।
कम्पनीको आईपीओ ६५ हजार ५७० जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । अन्यको हात भने रित्तो हुनेछ ।
कम्पनीको आईपीओमा कुल २ अर्ब ९२ करोड एक लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख एक हजार ७६० कित्ताका लागि आवेदन परेको छ ।















