Dhulikhel Eco Banner new

सरकारले विपद् व्यवस्थापनमा ड्रोनको प्रयोगलाई प्राथमिकता दिने

1.72K
shares

काठमाडौं, २८ जेठ । सरकारले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने भएको छ । सिन्धुपाल्चोक र काभ्रेमा ड्रोनमार्फत राहत वितरण गरिएको सफल उदाहरण दिँदै मन्त्री गुरुङले अब २०० केजीसम्म बोक्ने हेभी लिफ्टिङ ड्रोन खरिदको प्रक्रियामा मन्त्रालय रहेको जानकारी दिए ।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने योजना मन्त्रालयको रहेको बताएका हुन् ।

तर, खरिद प्रक्रियामा रहेको झन्झटिलो कानुनी व्यवस्थाप्रति भने उनले असन्तुष्टि व्यक्त गरे । ‘ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यतिन्जेल मनसुन सकिइसक्छ,’ उनले भने, ‘काम गर्न सहज हुने गरी ऐन संशोधनमा माननीयज्यूहरूको सहयोग चाहिन्छ।’