धनुषामा सशस्त्र प्रहरी गुल्म महिनाथपुरद्वारा ४ लाखको कपडा बरामद
वि.सं.२०८३ असार १ सोमवार १६:१९
shares

काठमाडौं, १ असार । धनुषामा सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याइँदै गरिएका ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।
महिनाथपुरस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरका गुल्मपति डिएसपी सुरेश कोइलाको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजे भारतबाट भन्सार छली गरेर दुहबी हुँदै ल्याउँदै गरेको ठुलो परिमाणको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नं. ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी भिम बहादुर बिष्टले जानकारी दिए ।
विशेष सूचनाका आधारमा गएको डिएसपी कोइलाको टोलीले दुहबीबाट ४ जना व्यक्तिहरु टाउकोमा बोकी लुकाई छिपाई ल्याउँदै गरिएको ३ लाख ८२ हजार ६०० सय रुपैयाँ बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी एसपी बिष्टले बताए ।
बरामद गरिएका सबै अवैध कपडालाई आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी एसपी बिष्टले जानकारी दिए ।















